ताजा समाचार

मनकामना स्मार्ट लघुवित्तको शेयर ९८ प्रतिशत बढिले नपाउने, कति पर्यो आवेदन ?

मंगलबार, २२ असार २०७८, ०७ : ३२

काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ करिब साढे २० लाखले आवेदन दिएका छन् । 

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । 

निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् । त्यस अनुसार ९८।१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन् । हालसम्म प्राप्त तथ्यांक पूर्ण नरहेकोले लघुवित्तको आईपीओ आवेदन गर्नेको संख्या अझै थप हुने पक्का छ ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

मंगलबार, २२ असार २०७८, ०७ : ३२

प्रतिक्रिया