काठमाडौं - आज मंगलबार प्रि.ओपनिङमा बजार परिसूचक नेप्से ६.६३ अंकले बढेर २८२९.९७ अंकमा उक्लिएको छ । प्रि(ओपनिङ सेसनमा २३ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ ।
कुल ३६ कम्पनीको शेयर कारोबार भएकोमा ११ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । कारोबारमा आएका धेरै कम्पनीको मूल्य बढेपनि नेप्सेमा वृद्धि भएको हो ।
यसै बीचमा ३६ कम्पनीका ९ हजार १३० कित्ता शेयर ८९ वटा कारोबारबाट ४३ लाख ८ हजार २७५ रुपैयाँमा किनबेच भएका छन् ।
प्रतिक्रिया