नेप्सेमा आज ४ अर्ब २२ करोडको शेयर कारोबार

मंगलबार, २२ असार २०७८, १६ : ०३

आज मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से) ओरालो लागेको छ । आज  नेप्से परिसुचक ५.२४ अंकले घटेर २८१८.१० को बिन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका २२० कमपनीका १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब २२ करोडको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबै धेरै ३५ करोड ८७ लाख र अपर तामाकोशीको २० करोड ५२ लाख बराबरको कारोबार भएको छ । 

आज राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ८.३१ प्रतिशत तथा माउन्टेन इनर्जीको शेयर मूल्य ५।२१ प्रतिशतले बढेको छ । आज एचआइडिसीएलको शेयर मूल्य सबै भन्दा धेरै ५।५३ प्रतिशत र अपर तामाकोशीको मूल्य ५।०४ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका बैंकिंग, निर्जिबन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, र लघुवित्त बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

मंगलबार, २२ असार २०७८, १६ : ०३

प्रतिक्रिया