काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको करिब एक घण्टामा हिमालयन डिष्टीलरीको झन्डै १३ हजार कित्ता शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिमा कम्पनीको रू.७ करोड १६ लाख ५५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ हजार ५२५ मा पुगेको छ ।
कम्पनीको शेयरमूल्य १.८८ प्रतिशत अर्थात १०६ रुपैयाँले वृद्धि भएको हो ।
मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १४ हजार २२६ कित्ता रहेको छ ।
प्रतिक्रिया