जीवन विकास लघुवित्तको आईपीओमा ६९ हजार बढीको आवेदन रद्द

बुधबार, २३ असार २०७८, १३ : १४

काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड अनुसार ३ हजार ४ सय ७१ जना श्ंकास्पद आवेदक र सीआस्वाबाट आवेदन दिने ६५ हजार ५ सय ३८ जना गरी कुल ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको हो । 

यो सँगै कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएको हो । कम्पनीको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । 

आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।
 

बुधबार, २३ असार २०७८, १३ : १४

प्रतिक्रिया