दुई कम्पनीको ६ लाख ८७ हजार ५९५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

बुधबार, २३ असार २०७८, १५ : १८

काठमाडौं- बुधबार दुई  ओटा अलग अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता र नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५.०२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

बुधबार, २३ असार २०७८, १५ : १८

प्रतिक्रिया