काठमाडौं, बोटलर्स नेपाल तराई लिमिटेडले ५ वर्ष अगाडीको लाभांश लिन आउँन लगानीकर्तालाई आग्रह गरेको छ ।
कम्पनीले २०७२ पुस २८ गते सम्पन्न २९ औ साधारणसभाले आर्थिक वर्ष ७१र७२ को मुनाफाबाट वितरण गर्ने गरि पारित गरेको लाभांश लिन आउँन आग्रह गरेको हो ।
५ वर्ष पुग्दासम्म अझै केहि लगानीकर्ताले उक्त लाभांश लिन नआएकोले कम्पनीले १ महिना भित्र लाभांश लैजान आग्रह गरेको हो ।
१ महिनासम्म पनि लाभांश नलागेमा उक्त लाभांश कम्पनी ऐनको ब्यबस्था अनुसार लगानीकर्ता संरक्ष्ण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया