काठमाडौं, बुधबार पनि नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा झरेको छ। यता सेन्सेटिभ सूचक पनि १.५० अंकले घटेको छ।
यस दिन २२२ वटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ।
यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ भने सामुदायीक लघुवित्तको २.८४ प्रतिशत, साधना लघुवित्तको २.५९ प्रतिशत, कालिका माइक्रोको २.३३ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको २.१५ प्रतिशतले बढेको छ।
बुधबार माथिल्लो तामाकोशीको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दी हाइड्रोपावरको ५.१९ प्रतिशत, राधी विद्युतको ३.७३ प्रतिशतले घटेको छ।
यस दिन छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको २६ करोड १६ लाख, हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख र निर्धन उत्थान लघुवित्तको १३ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
प्रतिक्रिया