मैलुङ खोला जलविद्युतले पायो आईपिओ निष्कासन गर्ने अनुमति, कित्ता कति ?

बुधबार, २३ असार २०७८, १५ : ५३

काठमाडौं, मैलुङ खोला जलविद्युत आयोजनाले आईपीओ निष्काशनको अनुमति पाएको छ । 

कम्पनीले २०७४ माघ १८ गते आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । 

आजै मात्र यसमो आइपिओ निष्काशनका लागि अनुमति दिइएको नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए । 


मैलुङले ७ लाख ३६ हजार २ सय ८६ कित्ता निष्काशनको लागि अनुमति मागेको थियो । सय रुपैयाँ अंकित दरमा यसले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ । 

कम्पनीको बिक्री  प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले रहेको छ ।

बुधबार, २३ असार २०७८, १५ : ५३

प्रतिक्रिया