काठमाडौं- आइपीओ निष्कासनका ३ हाइड्रोपावर कम्पनी आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने र बाँडफाँट छिटो हुन्थ्यो। अब धेरैको छिटो छिटो आउने भएपछि एउटाको बाँडफाँट र दोस्रो बजार कारोबार सुरु नहुँदै अर्कोको आवेदन खुला हुने भएको छ।
करिब दुई महिना लामो निषेधाज्ञाका कारण आइपीओ निष्कासनको प्रक्रिया पनि अवरुद्ध भएपछि एकसाथ धेरै कम्पनीको आइपीओ जारी हुने भएको हो।
प्रक्रियामा रहेका हाइड्रोपावरहरुमा सयपत्री हाइड्रोपावर कम्पनीको रु ९ करोड बराबरको ९ लाख कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छ ।
यस्तै, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले रु ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५०० कित्ता शेयर र दोर्दीै खोला जलविद्युत कम्पनीले रु.२९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छन ।
जलविद्युत कम्पनीहरुले अनुमति पाए पनि पहिलो चरणमा स्थानीय प्रभावितलाई आइपीओ जारी गरेर दोस्रो चरणमा मात्रै सर्वसाधारणलाई बिक्री वितरण गर्ने भएकाले कम्तिमा एक महिनाभन्दा बढी समय लाग्न सक्ने देखिन्छ। पुँजी बजारमा नयाँ लगानीकर्ता बढेपछि आइपीओमा आकर्षण झन् चुलिएको छ।
प्रतिक्रिया