काठमाडौं, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरमा आवेदन दिने भोलि (शुक्रवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले संस्थापक शेयर बुधवारदेखि लिलामीमा विक्री खुला गरेको हो ।
कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । प्रतिकित्ता रू. ६०० अंकित दरको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
आवेदन दिँदा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यस कम्पनीको यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा असार १६ गतेपछि सार्वजनिक हुने लाभांश र हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया