काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक १३.६३ अंकले ओरालो लागेर २९८०.९६ को बिन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका २०६ ओटा कम्पनीको १९ हजार ९४२ पटकको कारोबारमा ८८ लाख ४९ हजार २२६ कित्ता शेयरको रू १ अर्ब ८१ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
आज २०६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३५ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया