तेस्रो घण्टा : नेप्सेमा ९.६४ अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब नजिक

मंगलबार, ०५ साउन २०७८, १४ : १८

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ९.६४ अंकले ओरालो  लागेको छ ।

कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक ९.६४ अंकले ओरालो लागेर २९८४.९४ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको ५७ हजार ४०३ पटकको कारोबारमा २ करोड २१ लाख ७८ हजार ९१३ कित्ता शेयरको रू ५ अर्ब ३२ करोड १८ लाख बराबरको कारोबार भएको छ ।

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२४ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

मंगलबार, ०५ साउन २०७८, १४ : १८

प्रतिक्रिया