सिचाइँका र खानेपानीका लागि  ११ करोड १४ लाख बजेट विनियोजन

२ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । 

पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, सिँचाइ लगायतका योजना सञ्चालन हुने उनको सचिवालयले जानकारी दिएको छ ।

 विमलनगर चिसोडिहीका लागि रु ५५ लाख, कुवादीखोलाका लागि रु ५० लाख, छाब्दी दोभान बोरिङ लिफ्ट भञ्ज्याङका लागि रु ४५ लाख, आँधीमूल सत्रसयफाँटका लागि रु ४० लाख, कालीखोला बरादी खानेपानीका लागि रु ४० लाख, भुडाटारका लागि रु ३५ लाख, देवघाट–४ कोटा १, ३, ५ र ६ का लागि ३५ लाख, मिलनचोक जरेबरका लागि रु ३० लाख, डुडेबासपानी, बसेनी, काफलस्वारा खानेपानी आयोजनाका लागि रु ३० लाख, चिलाउनेपानी खानेपानी आयोजनाका लागि रु २५ लाख, रामकोट लिफ्ट खानेपानीका लागि रु २५ लाख विनियोजन भएको छ । 

त्यसैगरी कोटबैदी खानेपानी आयोजनाका लागि रु २० लाख, कोटधाम सोलार  लिफ्टका लागि रु २० लाख, हुस्लाकोट खानेपानीका लागि रु २० लाख, केउरानी मजुवाडाँडा (लिफ्टिङ) का लागि रु १५ लाख, लुङ्गेली खानेपानीका लागि रु १५ लाख,  आधीमूल खानेपानीका लागि रु १२ लाख विनियोजन भएको छ । त्यस्तै लाब्दीखोलाका लागि रु दश लाख, नयाँपुल डिपबोरिङ खानेपानीका लागि रु दश लाख, थुम्कीडाँडाका लागि रु दश लाख,  पोखरीभञ्ज्याङ चापखोला कमेरे खानेपानीका लागि रु आठ लाख, कुवादीखोला बृहत् खानेपानीका लागि रु आठ लाख परेको छ ।  बद्रीनारायण मन्दिर खानेपानी योजनाका लागि रु पाँच लाख, दूधेपानी आसिस गैरा लिफ्ट योजनाका लागि रु पाँच लाख, मार्कीचोक खानेपानीका लागि रु पाँच लाख, हिलेखर्क खानेपानीका लागि रु पाँच लाख, फुस्रेपानी लिफ्टका लागि रु पाँच लाख, सारघाट खानेपानीका लागि रु पाँच लाख, देउरानी पहरेपानीका लागि रु चार लाख, बेलौतीगैरा खानेपानीका लागि रु चार लाख, पार्चे खानेपानीका लागि रु दुई लाख, सिमलटार खानेपानीका लागि रु दुई लाख विनियोजन भएको छ । 

सिँचाइतर्फ बेसारघारी सिँचाइ आयोजनाका लागि रु ८० लाख, कोलपाटा लिफ्ट सिँचाइ योजनाका लागि रु ३० लाख, झप्रीफाँट सिँचाइका लागि रु २५ लाख, आँपटार सिँचाइका लागि रु २५ लाख, कालिकाटार सिँचाइका लागि रु २० लाख, छाब्दीफाँट एकीकृत सिँचाइ योजनाका लागि रु २० लाख, पचपन्ने सिँचाइ योजनाका लागि रु १५ लाख र आँधीमूल सत्रसयफाँट सिँचाइ योजनाका लागि रु पाँच लाख विनियोजन गरिएको छ । 

यस्तै भुमर्से बोरिङ खानेपानीका लागि रु ५० लाख, बाङ्गेसिमल खानेपानी योजनाका लागि रु ५० लाख, लिफ्टिङ प्रणाली सिँचाइका लागि रु ५० लाख र लिफ्टिङ प्रणाली सिँचाइ योजनाका लागि रु ५० लाख विनियोजन भएको छ । 

यसैगरी पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य आशा कोइरालाको निर्वाचन क्षेत्र तनहुँ २ ९क० मा ७१ योजनाका लागि बजेट विनियोजन गरिएको छ । जसमा खानेपानीका ३१ लागि बजेट विनियोजन भएको छ । 

सिचाइँका लागि रु सात करोड १३ लाख, खानेपानीका लागि रु चार करोड पाँच लाख ६० हजार, भवन, खेलमैदान र पार्कका लागि रु एक करोड दुई लाख विनियोजन भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत सम्झौता भएर निर्माण भइरहेको १५६ घरका लागि पनि रु एक करोड ५७ लाख विनियोजन भएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रका लागि रु ५० लाख, शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माणाधीन कोल्ड स्टोरका लागि रु ५० लाख र शुक्लागण्डकी स्याटेलाइट सिटी निर्माणका लागि रु ५० लाख विनियोजन भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया