काठमाडौं - विश्वमा पछिल्लो २४ घन्टामा थप ५ लाख ४६ हजार ६५४ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो कोरोना संक्रमितको कुल संख्या १९ करोड २८ लाख २५ हजार ९८२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा सबैभन्दा बढि अमेरिकामा ५४ हजार जनाको मृत्यु भएको छ । त्यस्तै ११३, ब्राजिलमा ५४ हजार ७४८, बेलायतमा ४४ हजार १०४ र भारतमा ४१ हजार ६९७ जना संक्रमित थपिएका छन् । साथै इन्डोनेसियामा ३३ हजार ७७२, स्पेनमा ३० हजार ५८७, इरानमा २७ हजार ३७९,रुसमा २३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा विश्वमा कोरोनाबाट थप ८ हजार ४४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा १ हजार ३८८ जनाको मृत्यु भएको छ । इन्डोनेसियामा १ हजार ३८३ जनाको ज्यान गएको छ ।
यस्तै अमेरिकामा ४११, भारतमा ५१०, रुसमा ७८३, अर्जेन्टिनामा ४३७, कोलम्बियामा ३५१, इरानमा २१३, दक्षिण अफ्रिकामा ५१६, मेक्सिकोमा ३४१, मलेसियामा १९९, बंगालादेशमा १७३ जनाको मृत्यु भएको छ । यो संगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ८२ हजार ४७२ पुगेको छ ।
प्रतिक्रिया