पहिलो घण्टा : नेप्सेमा १२.८३ अंकको वृद्धि, कारोबार रकम साढे २ अर्ब नजिक

विहीबार, ०७ साउन २०७८, १२ : १२

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १२.८३ अंकले  बढेको छ ।

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक १२.८३ अंकले उकालो लागेर २९९८.४१ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २१० ओटा कम्पनीको २४ हजार ६६३ पटकको कारोबारमा २ करोड ७ लाख ८१७ कित्ता शेयरको रू २ अर्ब ४२ करोड २५ लाख  बराबरको कारोबार भएको छ ।

आज २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७१ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

विहीबार, ०७ साउन २०७८, १२ : १२

प्रतिक्रिया