दोहोरो अंकले उकालो लागेको नेप्से ३०१५को बिन्दुमा,कारोबार रकम ५ अर्ब

विहीबार, ०७ साउन २०७८, १३ : ०५

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले  उकालो लागेको छ ।

कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक २९.५७ अंकले उकालो लागेर ३०१५.१४ को बिन्दुमा पुगेको छ । 

दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको ५१ हजार ८५७ पटकको कारोबारमा ३ करोड २७ लाख २७ हजार ३१ कित्ता शेयरको रू ५ अर्ब बराबरको कारोबार भएको छ ।

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६० शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

विहीबार, ०७ साउन २०७८, १३ : ०५

प्रतिक्रिया