भकुण्डे बजारको कालोपत्रे सडकको उद्घाटन

२ बर्ष अगाडि

काठमाडौं, नमोबुद्ध नगरपालिकाको भकुण्डे बजारमा कालोपत्रे सडकको उद्घाटन गरिएको छ 

व्यापारी केन्द्रको भित्री खण्डमा निर्माण गरिएको कालोपत्रे सडकको  बिहीबार उद्घाटन गरिएको हो  । नगर गौरवको आयोजनाको रुपमा लिएको वडा नं ७ स्थित भकुण्डे, लभनेपाल दारिमटार हुँदै लामा जक्सन सडकको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका हुन् ।

सडक उद्घाटन गर्दै नगर प्रमुख तिमल्सिनाले भकुण्डे बजारलाई व्यवस्थित बनाउनका लागि यो सडकलाई प्राथमिकताका साथ निर्माण र कालोपत्रे गरिएको बताए । बजारका अन्य भित्री सडक कालोपत्रे गर्ने कामसमेत अघि बढिसकेको बताउँदै उनले यसपटकको नीति तथा कार्यक्रम र बजेटमा प्रत्येक वडामा कम्तीमा एकवटा नगर गौरवका आयोजना सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिएका छन् ।

यो सडक विपी राजमार्गबाट सुरु भएर बजारको भित्री भाग हुँदै पुनः विपी राजमार्गसम्म जोडिएको छ । उत्तः सडकखण्ड नगरपालिकाले निर्माण गर्न लागेको बाइपास रोडसँग पनि जोडिनेछ ।  सडक निर्माणका लागि वागमति प्रदेश सरकारले समपुरक अनुदान अन्तर्गत एक करोड रुपैयाँ र नमोबुद्ध नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

सडक उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाअध्यक्षहरु वडा नं. २ का अध्यक्ष सञ्जीव ढकाल, वडा नं। ६ का कुलप्रसाद न्यापाने, ७ का अध्यक्ष धर्मसिं लामा, ८ का अध्यक्ष शेरवहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया