मध्य भोटेकोशीको आईपीओमा २१ करोडको शेयर माग, कतिले दिए आवेदन ?

शनिबार, ०९ साउन २०७८, ०७ : ४५

काठमाडौं - मध्य भोटेकोशीको शेयरमा हालसम्म ९ हजार २४ सिन्धुपाल्चोकबासीले २१ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरीका लागि आवेदन दिएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) तथा आश्वाबाट गरी कुल २१ करोड १७ लाख २३ हजार ७०० रुपैयाँ बराबरको २१ लाख १७ हजार २३७ कित्ताको माग आवेदन परेको जनाएको हो ।

यो स्थानीयमा जारी गरिएको ६० लाख कित्ता शेयरको ३५.२९ प्रतिशत मात्र सब्सक्राइब हो ।शुक्रबारबार मात्रै कम्पनीको आइपीओ खरीदका लागि २ हजार १०७ वटा आवेदन मार्फत ४ करोड ४२ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको ४ लाख ४२ हजार ६७६ कित्ताको माग भएको छ । 

जसमध्ये आश्वा मार्फत १ हजार ३० वटा आवेदनबाट २ लाख ३२ हजार ४० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) मार्फत १ हजार ७७ वटा आवेदनबाट २ लाख १० हजार ६३६ कित्ताको माग भएको बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।

हालसम्म कुल ७ हजार ५८६ सिन्धुपाल्चोकबासीले २१ करोड १७ लाख रुपैयाँ बराबरको आवेदनमा आश्वा मार्फत ३ हजार ८४१ वटा आवेदनबाट ८ लाख ९३ हजार ५३० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) मार्फत ५ हजार ९८३ वटा आवेदनबाट १२ लाख २३ हजार ७०७ कित्ताको माग भएको छ ।

क्यापिटलका अनुसार अब आईपीओ छिटोमा साउन १७ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा साउन ३२ गतेसम्म खुला रहनेछ । उक्त मितिभन्दा अगावै सबै शेयर बिक्री भएमा बीचमा नै सार्वजनिक सूचना मार्फत निष्काशन बन्द हुन सक्नेछ ।

आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

शनिबार, ०९ साउन २०७८, ०७ : ४५

प्रतिक्रिया