९ करोडको लागतमा सिँचाइ बाँध निर्माण

२ बर्ष अगाडि

कैलालीको धनगढी उपमहानगरपालिका–६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु नौ करोड ४५ लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले बताए । बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी  प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिए ।

सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बताउँदै तरकारी पनि वर्षमा दुई÷तीनपटक लगाएर स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे । 

सिँचाइ बाँध निर्माणसँगै धनगढी–६ जाइ जालीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले बताए । उनका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया