प्रभु बैंकको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन सकिने आवेदन ?

२ बर्ष अगाडि

काठमाडौं, प्रभु बैंकले आज (शुक्रबारर) बाट संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । 

बैकले २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो । 

यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक शेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ । 
 
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया