सेयर बजारमा दोहोरो अंकको बृद्धि

५ बर्ष अगाडि

साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । बजार १५.१७ अंकले बढ्दा ४२ करोड ३ लाख  ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

 आज १५९ कम्पनी कारोबारमा सामेल भए । सेयर बजार निरन्तर ओरालो लागेको भन्दै एक साता भन्दा बढी समयदेखि  लगानीकर्ताको एक समुह आमरण अनशनमा छ । लगानीकर्ताले कारोबार बन्द गर्ने भनेपनि नेप्से खुला भएर कारोबार भएको छ । 

ट्रेडिङ समुह बाहेक सबै समुहमा हरियाली छाएको छ । सबैभन्दा बढी नीर्जिवन बिमा तर्फ २२०.५१ अंकले बढेको छ भने जीवन बिमा तर्फ १९५.९६ अंकले बढेको छ । यता माइक्रो फाइनान्स समुह ४०.२१ अंकले बढ्दा उत्पादन तथा प्रशोधन समुह २३.२१ अंकले बढेको छ । 

आज सबैभन्दा बढी छिमेक लघुवित्त वित्तिय संस्थाको ४ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

दोस्रोमा नेपाल बैंकको ४ करोड ४३ लाख  र तेस्रोमा ग्लोबल आइएमइ बैंकको संस्थापक तर्फको सेयर बढी कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया