चितवनमा शेयर लगानीकर्ता आन्दोलित

५ बर्ष अगाडि

चितवन– चितवनस्थित शेयर लगानीकर्ता समूहले सोमबार चितवनमा रहेका तीन वटै ब्रोकर कार्यालय घेराउ गरेका छन् । 

उनीहरुले शनि सेक्युरिटिज, त्रिशूल सेक्युरिटीज र अक्सफोर्ड सेक्युरिटिज कार्यालयबाट शेयर किनबेचमा समेत अवरोध सिर्जना गरेका छन् । 

सेयर लगानीकर्ताहरुको दवाव समूहको आह्वानमा उनीहरु धर्नामा उत्रिएका हुन् । 

 अर्थमन्त्रालयले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले अल्मल्याउन खोजेको भन्दै उनीहरुले आपत्ति जनाउदै आएका छन् । 

आफूहरुको समस्या समाधान नगरी लगानीकर्ता झुक्याउने काम भएको उनीहरुको आरोप छ । 

अहिलेको परिस्थतिबाट लगानीकर्ता मात्र  नभइ सेयर दलालपनि समस्यामा परेको दबाव मुलक समुहको ठहर छ । 

मुद्रा र पुँजी बजारमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले गठने गरेको उच्चस्तरीय समितिले यसै साता प्रतिवेदन पेश गर्ने तयारी गरेको  छ । 

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया