ने.क.पा.  स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज पनि जारी

मंगलबार, ०३ पुस २०७५, १२ : २९

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज पनि जारी रह्यो । 
आजको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’ र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 
अर्को बैठक बुधबार बिहान ८ बजेदेखि पुनः बस्नेछ ।

मंगलबार, ०३ पुस २०७५, १२ : २९

प्रतिक्रिया