काठमाडौं, राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते ३१ औं वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको साउन २२ गते(शुक्रबार) बसेको सञ्चालक समितिले सभा निर्णय गरेको हो । सभा संस्थानको प्रधान कार्यालय,
रामशाहपथ, काठमाडौंमा अपरान्ह २ बजेबाट सुरु हुनेछ ।
सभामा संस्थानका अध्यक्षले आर्थिक वर्ष २०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
यस्तै,आव ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को लेखा परीक्षण भएको लेखा परीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवम् नगद प्रवाह विवरण र तथ्यसम्बन्धी अनुसुची छलफल गरी पारित गर्नेछ ।
प्रतिक्रिया