काठमाडौं - नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स र लोकल बैंक ग्यारेन्टी जस्ता सुविधाहरु उपभोग गर्न सक्नेछन् ।
यो सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै सम्झौतापश्चात् दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया