काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंक १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत देखि ७.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५ प्रतिशत देखि ६.५० प्रतिशत सम्म ब्याजदर हुनेछ ।
त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि ५ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।
यस बैंकले असार महिनाको आधार दर ४.३७ प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १ प्रतिशत देखि ३ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया