आजबाट बिक्रिमा आयो एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर, कुनको कति कित्ता ?

शुक्रबार, ०४ भदौ २०७८, ११ : १४

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आजबाट लिलामीमा आएको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।

आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्सको ८६ हजार ३३९ कित्ता र संस्थापक शेयर भदौ १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।

आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य ६०३ रहेको छ । त्यस्तै नागरिक लगानी कोषको १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५७६ रहेको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता तथा नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

शुक्रबार, ०४ भदौ २०७८, ११ : १४

प्रतिक्रिया