काठमाडौं, सिद्धार्थ बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंक १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचतमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।
यता, यसको असार महिनामा आधार दर ७.१६ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम ११.४९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया