कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
यस्तै दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार रूपैयाँ सहयोग गरेको छ ।
एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको प्रसंशनीय कार्यहरुको सरहना स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आम्दानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ती कोषले विविध कार्यक्रमहरु गर्दै आएको छ ।
कुमारी बैंक लिमिटेडको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ । कोरोनाभाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु बिस्तार गरेको हो ।
प्रतिक्रिया