काठमाडौं, सुपरमाई हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा भोलि (शनिबार) बस्दै छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । यस्तै, आइपीओ निष्कासन गर्ने एजेन्डामा पनि छलफल हुनेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । अन्य यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
प्रतिक्रिया