काठमाडौं, गाइजत्रा पर्वको सार्वजनिक बिदाको दिन (भदौ ७ गते) पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस)ं प्रणाली नियमित सञ्चालन हुने केन्द्रीय बैंकले जानकारी गराएको छ ।
केन्द्रीय बैंकले गाइजात्रा पर्वको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली पूर्णकालीन रुपमा सञ्चालन राख्न निर्देशन दिएको हो ।
आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया