ग्रामीण विकास लघुवित्तको साधारणसभा आज, एजेन्डा के-के ?

शनिबार, ०५ भदौ २०७८, १० : ०९

काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा आज बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्दैछ । 

त्यस्तै, सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यसैगरी सभामा सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुकक्लोज गरेको छ । साउन २४ गतेसम्मका कायम सेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।

शनिबार, ०५ भदौ २०७८, १० : ०९

प्रतिक्रिया