वाणिज्य बैंकमा निक्षेप खाता खोल्नेको संख्या ३ करोड ६३ लाख ६६ हजार

शनिबार, ०५ भदौ २०७८, १४ : ३६

काठमाडौं - देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा खुलेका वाणिज्य बैंकहरुमा तीन करोड ६३ लाख निक्षेप खाता खुला भएका छन् । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या तीन करोड ६३ लाख ६६ हजार पुगेको हो ।

नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन गरिएको जनाएको छ । यस्तै कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ ।

अध्ययन प्रतिवेदन अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या पाँच हजार ९७८ पुगेको छ ।

शनिबार, ०५ भदौ २०७८, १४ : ३६

प्रतिक्रिया