काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल ९२ अर्ब २४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफको मात्रै ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
यस्तै, एलआइसी नेपालले १७ अर्ब ४ करोड रुपैयाँ, नेशनल लाइफले १२ अर्ब ११ करोड, युनियन लाइफले ६ अर्ब ५८ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ८० करोड, सूर्या लाइफले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।
सबै भन्दा कम खुद बीमाशुल्क आर्जन गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा प्रभु लाइफले १ अर्ब ४० करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया