काठमाडौं - नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । नेपाल लाइफले यस अवधिमा ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
त्यसपछि, नेशनललाइफले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, सूर्या लाइफले ३२ करोड ३२ लाख, प्राइम लाइफले ३० करोड ८२ लाख र एशियन लाइफ इन्स्योरेन्सले २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
नयाँ सूचीकृत जीवन बीमा कम्पनीमा प्रभु लाइफले सबै भन्दा धेरै १७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सबै भन्दा कम रिलायन्स लाइफले ७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस्तै जीवन बीमा कोष र जगेडा कोषमा पनि नेपाल लाइफ मजबुत देखिएको छ । जीवन बीमा कोष र जगेडा कोषमा नेपाल लाइफले सबैभन्दा धेरै रकम सञ्चित गरेको छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ सञ्चित छ ।
यस्तै, नेपाल लाइफ पछि जीवन बीमा कोषमा एलआईसी नेपालको सबैभन्दा धेरै ८१ अर्ब ६ करोड रुपैयाँ सञ्चित छ । जगेडा कोषमा भने नेपाल लाइफ पछि एशियन लाइफको ८९ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।
जीवन बीमा कोषमा सबै भन्दा कम प्रभु लाइफको १ अर्ब ९४ करोड रुपैयाँमात्रै रहेको छ भने जगेडा कोषमा रिलायन्स लाइफको २० करोड ५२ लाख रुपैयाँ मात्रै सञ्चित रहेको छ ।
प्रतिक्रिया