काठमाडौं, गुडविल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण हालै सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा गुडविल फाइनान्सको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा भने बढेको छ । अघिल्लो वर्ष १९ लाख ५१ हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी असार मसान्तसम्म १९ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ६९.८५ प्रतिशतले बढेर १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
वितरणयोग्य नाफा ५१.४९ प्रतिशतले बढेर बढेर ७ करोड ३६ लाख ३ हजार रुपैयाँ पुगेको छ । यसको खुद ब्याज आम्दानी २.०९ प्रतिशतले घटेर २६ करोड ५५ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि ५५.४९ प्रतिशतले घटेको छ । प्रतिशेयर आम्दानी वार्षिक २१ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा छ ।
प्रतिक्रिया