नेप्सेमा सूचीकृत निर्जीवन बीमामध्ये नेको इन्स्योरेन्स सबैलाई उछिन्दैँ पहिलो स्थानमा,कुन कम्पनीको नाफा र अन्य अवस्था कस्तो ?

आइतबार, ०६ भदौ २०७८, १५ : ३०

काठमाडौं,  नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमा चालु अर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेको इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । शिखरलाई उछिन्दै नेको पहिलो स्थानमा उक्लिएको हो ।

नेको इन्स्योरेन्स  सबै भन्दा धेरै खुद बीमाशुल्क र खुद नाफाको आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेकोले १ अर्ब ६३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेप्सेमा भर्खरै सूचीकृत सानिमा जनरलले सबै भन्दा कम खुद बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा सानिमा जनरलले १६ करोड ३४ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको हो । कम्पनीले यस अवधिमा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

खुद नाफा भने युनाइटेड इन्स्योरेन्सको सबै भन्दा कम हरेको छ । यस अवधिमा युनाईटेडले ७ करोड ५२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गर्न सफल भएको छ ।  

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ ।

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ११ अर्ब ७६ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ४ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । जस मध्ये 

शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेपनि खुद बीमाशुल्क र नाफामा भने नेकोले उछिनेको हो । यस अवधिमा शिखरले १ अर्ब २३ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल् र ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम थुप्रिएको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब १४ करोड ८५ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ४३ करोड १ लाख रुपैयाँ रुपैयाँ सञ्चित छ ।

यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ७० करोड ५ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ५७ करोड २० लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस सबै भन्दा कम जगेडा कोष र जीवन बीमा कोषमा हुनेको नेप्सेमा सूचीकृत नयाँ बीमा कम्पनीहरु रहेका छन् । जगेडाकोष कम हुनेमा जनरल इन्स्योरेन्स र बीमा कोष कम हुनेमा सानिमा जनरल रहेको छ ।

यस अवधिमा जनरल इन्स्योरेन्सको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस्तै सानिमा जनरल इन्स्योरेन्न्सको बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित छ ।

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३५ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार २८० रुपैयाँ ८१ पैसा रहेको छ ।

यस्तै सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४ पैसा रहेको छ ।

सबैभन्दा कम प्रतिशेयर आम्दानी युनाईटेड इन्स्योरेन्सको रहेको छ भने प्रतिशेयर नेटवर्थ जनरल इन्स्योरेन्सको रहेको छ । युनाईटेडको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा छ भने जनरल इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७५ पैसा रहेको छ ।

आइतबार, ०६ भदौ २०७८, १५ : ३०

प्रतिक्रिया