काठमाडौं, प्रोग्रेसिभ फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७.५९ प्रतिशतले खुद नाफा वृद्धि गरी ४ करोड ११ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा ३ करोड ४९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म यस कम्पनीले खुद ब्याज आम्दानी १३ प्रतिशत ले बढाएर ७ करोड ९७ लाख १३ हजार रुपैयाँ पुर्याएको छ ।
यता, सञ्चालन नाफा भने ५९.६२ प्रतिशत .ले घटेर १ करोड ८४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म प्रोग्रेसिभले २ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा भने ४ करोड ७७ लाख ६८ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङमा ४ करोड ६५ लाख ४० हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँ १४ पैसा र प्रतिशेयर नेटवर्थ भने १०७ रुपैयाँ २२ पैसा छ ।
प्रतिक्रिया