काठमाडौं - आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यो त्रैमाससम्म आइपुग्दा कम्पनीले १९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ९१.१३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले १० करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी २.५२ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ९१।३३५ ले बढाउन सफल भएको छ ।
असारसम्म १५ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको आइसीएफसीले १० अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४१ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९ पैसाले बढाएर १९ रुपैयाँ १६ पैसा पुर्याएको छ । यसको प्रतिशेयर नेटवर्थ भने १४५ रुपैयाँ ४० पैसा छ ।
प्रतिक्रिया