आजबाट बिक्रीमा आयो मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर, कहाँबाट दिने आवेदन ?

सोमबार, ०७ भदौ २०७८, १० : ४०

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीले १ लाख ६२ हजार ७८९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
 
सेयर खरिद गर्न इन्छुक संस्थापकले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

सोमबार, ०७ भदौ २०७८, १० : ४०

प्रतिक्रिया