हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो, प्रतिशेयर आम्दानी २.०२ रुपैंया हुदाँ अन्य अवस्था कस्तो ?

सोमबार, ०७ भदौ २०७८, ११ : ०२

काठमाडौं, हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन जनरल इन्सुरेन्सको नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.३५ प्रतिशतले घटेर १५ करोड ५५ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बिमा कोषको आकार १३.८४ प्रतिशतले बढेर ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषमा ५६ करोड १९ लाख ३४ हजार रुपैयाँ रहेको थियो । यता, खुद बिमा शुल्क भने ३.९६ प्रतिशतले घटेर २५ करोड ९ लाख २० हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले घटेर १४ रुपैयाँ १४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा छ । 

सोमबार, ०७ भदौ २०७८, ११ : ०२

प्रतिक्रिया