काठमाडौं - विभिन्न ५ वटा कम्पनीहरूले साधारण सभा बोलाएका छन् । सहारा विकास बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड र अपी पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुन लागेको हो ।
१. सहारा विकास बैंक लिमिटेड
सहारा विकास बैंक लिमिटेडको आठौँ, नवौं र दशौँ वार्षिक साधारण सभा भदौ १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजे सुरु हुनेछ । सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्नेछ ।
सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबात सहारा विकास बैंक लिमिटेडको छल, अचल सम्पत्ति र दायित्व मुल्यांकन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात ९स्वाप रेसियो० एक बराबर एक ९१:१० अनुमोदन गर्नेछ ।
२. गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडको विशेष साधारण सभा भदौ १५ गते, मंगलबार बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिले निर्धारण गरेको १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ । यसैगरी, सभामा प्राप्ति पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
३. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा भाद्र १८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा कम्पनीको साउन २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २स्१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
४. ङादी ग्रुप पावर लिमिटेड
ङादी ग्रुप पावर लिमिटेडको आठौँ वार्षिक साधारण सभा असोज ३ गते काठमाडौंको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका साथै, बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
५. अपी पावर कम्पनी लिमिटेड
अपी पावर कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा भाद्र २५ गते कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १:०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया