काठमाडौं - जनरल इन्स्यनेरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दाा कम्पनीको खुद नाफा ७८ प्रतिशतले बढेर ९ करोड ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बिमा कोषको आकार ९९.२४ प्रतिशतले बढेर १० करोड १६ लाख २८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसको बिमा कोषमा ५ करोड १० लाख ८ हजार रुपैयाँ थियो । यता, खुद बिमा शुल्क भने १.२४ प्रतिशतले घटेर २० करोड ७० लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले २० करोड ९६ लाख ५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । प्रतिशेयर आम्दानी ९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ६५ पैसा छ ।
प्रतिक्रिया