एचआईडिसीएलको शतप्रतिशत हकप्रदमा आवेदन दिने भोली अन्तिम दिन

सोमबार, ०७ भदौ २०७८, १५ : ०५

काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी ९एचआईडिसीएल० को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन थपिएको अवधि भोली सकिदैछ । 

कम्पनीले साउन ५ गतेदेखि २५ गते सम्मका लगि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिनको अवधि थप गरी भदौ ८ गतेसम्मको मिति तय गरेको हो । कोरोनाका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरेको थियो ।

कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्बको आधारमा १०० अंकित दरको रू। ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते ९एक दिन० बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

सोमबार, ०७ भदौ २०७८, १५ : ०५

प्रतिक्रिया