काठमाडौं , कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले सो अवधीसम्म आइपुग्दाँ ५ करोड ८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा ५ हजार ४९२.९७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ९ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी १३९.८८ प्रतिशतले बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ६ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्म बैंकको सञ्चालन नाफा पनि ५४ सय ९२.९७ ले बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ९ लाख ९ हजार रुपैयाँ मात्र सञ्चालन नाफा आर्जन गरेको थियो ।
हालसम्म ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको कर्णालीले ३ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको यसको रिजर्भ कोषमा २ करोड ३४ लाख रुपैयाँ छ । बैंकले खराब कर्जा भने ०.८६ प्रतिशतबाट बढेर १.८६ प्रतिशत कायम भएको छ । कर्णालीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १२ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ०५ पैसा रहेको छ ।
प्रतिक्रिया