काठमाडौं - आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.९० प्रतिशतले बढेको छ ।
घटेर कारोबार शुरु भएको बजार अपरान्ह १:३० बजेपछि बढ्न शुरु गरेको हो । यो समाचार तयार पार्दाको समय अपरान्ह २:१४ बजेसम्ममा नेप्से परिसूचक ३.९० प्रतिशत अर्थात् ११०.०५ अंकले बढेको छ ।
उक्त अवधिसम्ममा एचआईडीसीएललगायतका पाँच ओटा कम्पनीको शेयरमूल्य सकारात्मक लेभलमा वृद्धि भएको छ । साथै सानिमा लाइफ इन्स्योरेन्सलगायत नौ ओटा कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।
प्रतिक्रिया