काठमाडौं, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३२६ दशमलव ६० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीको संस्थापक शेयरधनी करुणा राणाले विक्री गर्न चाहेको आर्थिक वर्ष ०७६र७७ को सूचीकृत हुन बाँकी १२०.६० कित्ता बोनस शेयर सहित उक्त कित्ता शेयर विक्रीका लागि कम्पनीले मंगलवार ३५ दिने सुचना जारी गरेको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२५ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनुपर्नेछ ।
३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीको दिएको छ ।
प्रतिक्रिया