काठमाडौं, आज (मंगलबार) नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० विन्दुमा झरेको छ । नेप्से १.४८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०५ अंकले घटेर ५४८.३५ विन्दुमा पुगेको छ ।
कूल २२२ वटा कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड र अन्यबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
मंगलबार पनि सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५२ रूपैयाँ २० पैसा पुगेको छ ।
मंगलबार आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्र स्थानमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको हो । पछिल्लो केही दिनदेखि लगातार अरूण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको थियो । आज भने युनाइटेड मोदी हाइड्रोपावरको धेरै कारोबार भएको हो ।
प्रतिक्रिया