नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश घोषणा, कुनको कति ?

बुधबार, २३ भदौ २०७८, १० : ५०

काठमाडौं, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

यी दुबै फण्डहरुले आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका हुन्। नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

भदौ २२ गते बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
 

बुधबार, २३ भदौ २०७८, १० : ५०

प्रतिक्रिया